Relief materials have been distributed to those affected by the earthquake that struck various locations in Jajarkot and Rukum West on November 3, 2023. Under the leadership of President Dr. Badri KC, a team directly met with the earthquake victims to provide assistance. Relief materials were handed over to families affected in the highly impacted Aathbisokot Municipality on behalf of the Non-Resident Nepali Association (NRNA). The association distributed essential items, including 200 tarps, 200 sets of fancy clothing, 200 blankets, and 400 pairs of slippers, 400 bags of rice, 100 kg of lentils, 1,000 liters of oil, and 500 kg of salt. A similar quantity of relief materials was also distributed in Jajarkot.
Warm clothing has been distributed to earthquake victims in Jajarkot on 26th February 2023. In three schools in Kuse Rural Municipality, 127 sets of warm clothing and hats were handed over to Shri Bhagwati Residential School, 67 sets to Birendra Residential School, and 156 sets to Shri Jan Kalyan Residential School. The distribution was conducted in the presence of local leaders, including Ward Chair Man Bahadur Singh, Ward Member Kadar Singh, Coordinator Radhika Sharma, Indra Bahadur Singh, and school teachers.
The Women’s Department has initiated a fundraising campaign for women and children affected by the earthquake in western Nepal. In this effort, a Ghazal evening was held in London to raise support for these individuals. Through the active involvement of the Women’s Department, NPR 15 Lakhs was collected to provide relief for the earthquake victims.
राहत कोष स्थापना
जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति (१७, कार्तिक २०८० तदनुसार ३ नोभेम्बर २०२३) भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा राहत तथा उद्धारका लागि गैरआवासीय नेपाली संघको तर्फबाट तत्कालका लागि १ करोड १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्को आजको आकस्मिक बैठकले १० लाख रुपैयाँ तत्काल सरकारको राहत कोषमा उपलब्ध गराउने र बाँकी १ करोडको राहतका सामाग्री लिएर आजै प्रभावित स्थानमा जाने निर्णय भएको छ । अध्यक्ष डा बद्री केसीको संयोजकत्वमा राहत वितरण समिति गठन गरि पहिलो चरणमा जाजरकोट र रुकुम पश्चिमका ४०० परिवारका लागि प्रति परिवार रु १० हजारका दरले खाद्यन्न तथा लत्ताकपडा वितरण गरिनेछ ।
राहत वितरण समितिमा अध्यक्ष डा. केसीसहित महिला उपाध्यक्ष रोजिना प्रधान राई, महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज कुमार श्रेष्ठ (गोर्खाली), सहकोषाध्यक्ष अभिमन्यु बस्नेत र कृष्ण प्रसाद तिमल्सिना, एनसीसी बेल्जियमकी महासचिव रुबिना शर्मा, पूर्व आइसीसी सदस्य धर्मराज गिरि, लोकराज शर्मा (डेनमार्क) विक्रम केसी(रसिया, सीता खतिवडा लगायत रहेका छन् । यस्तै, कोषध्यक्ष सुदन थापाको संयोजकत्वमा सह कोषाध्यक्षहरु कृष्ण प्रसाद तिमल्सिना, अभिमन्यू बस्नेत, तिलक प्रसाद गैरे र अमृता थापा (कञ्चन) रहने गरि राहत कोष संकलन समिति गठन गरिएको छ ।
साथै संघका राष्ट्रिय समन्वय परिषद्लाई समेत राहत कार्यमा परिचालन गर्न उपाध्यक्ष तथा क्षेत्रीय संयोजकहरुलाई जिम्मेवारी तोकिएको छ । एसिया क्षेत्रको संयोजनको लागि रोबिन शेरचन र हरि भट्टराई, अमेरिकाज क्षेत्रमा महासचिव गौरीराज जोशी, डा केशव पौडेल र वेदराज बस्नेत, अफ्रिका क्षेत्रमा रामशरण सिंखडा र पुष्पराज भट्टराई, यूरोप क्षेत्रमा डा हेमराज शर्मा र डा चिरञ्जीवी खड्का, ओसियाना क्षेत्रमा डा विनोद श्रेष्ठ र दिनेश पोखरेल, मध्यपूर्व क्षेत्रमा राज रेग्मी र राजेन्द्रकुमार अर्याल, युवा तथा महिला परिचालनका लागि रोशन थापा, सुपेन्द्र घिसिङ, रोजिना प्रधान राई, टिका गुरुङ र अनुजा प्रधानलाई जिम्मेवारी तोकिएको हो ।
संघको स्वास्थ्य समितिलाई परिचालन गरि नेपाल मेडिकल एशोसिएसनसँग सहकार्य गर्दै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको छ । चीन, हङकङ लगायतका राष्ट्रिय समन्वय परिषद्बाट राहतका सामाग्री तथा आर्थिक सहयोगका लागि सक्रियतापूर्वक काम सुरु भइसकेको छ ।
संघले २४ घण्टे हटलाइन सेवा समेत सुरु गरेको छ । राहत तथा उद्धारका लागि इच्छुक एनसीसी तथा अन्य व्यक्तित्वले हटलाइन नम्बर ९७७÷९८०१८६११०१ मा सम्पर्क गर्न सक्नुहुन्छ । साथै राहतका सामाग्री तत्काल उपलब्ध गराउनुपर्ने स्थानका सम्बन्धमा समेत यसै हटलाइनमार्फत जानकारी गराउन सक्नुहुनेछ । थप सहयोगका लागि संघको सहायक निर्देशक बन्दना शर्मालाई सम्पर्क व्यक्तिको रुपमा तोकिएको छ ।
साथै, भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा मानवीय सहयोग कार्यमा सहयोग गर्नको लागि संघको तलको खातामा यथाशिघ्र सक्दो आर्थिक सहयोग गरिदिई यस विपतमा सहयोग गरिदिन हुन सबैमा हार्दिक अनुरोध गर्दछौँ ।
Name : NRNA Emergency Fund
A/C No : 024010010000633
Bank : Sanima Bank Limited Branch : Naxal, Kathmandu
Swift : SNMANPKA
पुनश्च : गैरआवासीय नेपाली संघको नाम र लोगो प्रयोग गरी विभिन्न व्यक्तिको नामबाट अनधिकृत रुपमा आउने सूचना तथा राहत संकलनको अपिलप्रति सचेत रहनसमेत सम्बन्धित सबैमा हामी हार्दिक अनुरोध गर्दछौँ ।
डा. बद्री के.सी. गौरीराज जोशी
अध्यक्ष महासचिव