Special AGM NRNA 2020

गैरआवासीय नेपाली संघ विशेष महाधिवेशन

जनवरी २३-२४, २०२०

2021-01-23 - 2021-01-24

event

   Downloads

  विशेष अन्तर्राष्ट्रिय महाधिवेशन सम्बन्धि सूचनाहरु :

(क)    सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरुलाई निम्नानुसार विशेष अन्तर्राष्ट्रिय अधिवेशनमा भाग लिने प्रतिनिधिहरु पठाउनु हुन अनुरोध गरिन्छ ।

(ख)    सन् २०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा दर्ता भएका प्रतिनिधिहरुले सन् १ जनवरी २०२० सम्म निम्न विवरण सहित आफ्नो नाम राष्ट्रिय समन्वय परिषद् मा दर्ता गर्नुपर्ने छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLScnYhVwSVSG7NzauVGl1qg22zQy7opvPl4fnwlAxDcIfIZjaw/viewform

(ग)  विशेष महाधिवेशनमा भाग लिने प्रतिनिधिको गैरआवासीय नेपालीको हैसियत कायम रहेको हुनुपर्ने छ ।

(घ)    बुँदा नं. ३(ख) अनुसार प्राप्त प्रतिनिधि सदस्यहरुको संख्या विधानको अनुसूची ६ मा तोकिएको संख्या भन्दा कम भएमा सो संख्याको हद सम्म सम्बन्धित राष्ट्रिय समन्वय परिषद्ले थप प्रतिनिधि पठाउन पाउने वा नपाउने पछि सूचित गरिनेछ ।

(ङ)  बुँदा नं. ३(घ) अनुसार प्राप्त प्रतिनिधिहरुको नामावलीको विवरण सम्बन्धित राष्ट्रिय समन्वय परिषद् बाट सन् ७ जनवरी २०२१बेलुकी २३:५९ (नेपाल समय) अन्तर्राष्ट्रिय समन्वय परिषद् मा पठाउनुपर्ने छ ।

(च)   राष्ट्रिय समन्वय परिषद् बाट प्राप्त प्रतिनिधि सदस्यहरुको नामावलीको प्रकाशन सन् ९ जनवरी २०२१ मा प्रकाशन गरिनेछ ।

(छ)   प्रतिनिधिको नामावली उपर उजुर गर्नका लागि सन्  १० जनवरी २०२१ सम्म दिईनेछ ।

(ज)    प्रतिनिधिको अन्तिम नामावली सन् ११ जनवरी २०२१ मा प्रकाशन गरिनेछ ।

(झ)      प्रतिनिधिहरुको नामावली अन्तिम भएपछि सम्बन्धित प्रतिनिधिहरुको व्यक्तिगत इमेलमा प्रमाणीकरणको लागि इमेल पठाईनेछ ।

(ञ)  इमेलमा प्रमाणीकरण पञ्चात विशेष अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिनको

लगि Zoom को Meeting ID तथा Passcode  प्रतिनिधिहरुको व्यक्तिगत इमेलमा पठाईनेछ ।

    सूचना १ आदरणीय, अन्तर्राष्ट्रिय समन्वय परिषद्का संस्थापक अध्यक्ष, प्रमुख संरक्षक, संरक्षकहरु, पदाधिकारी, सल्लाहकार, मानार्थ परिषद सदस्य एवं सम्पूर्ण सदस्यहरु,

विभिन्न समिति तथा कार्यदलका संयोजक, सह–संयोजक, सदस्य एवं पूर्व पदाधिकारीहरु,

 राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष, महासचिव लगायत सम्पूर्ण पदाधिकारीहरु,

 संघका पञ्जिकृत सदस्यहरु तथा समग्र गैरआवासीय नेपालीहरु ।

 

मिति सन् २०२१ जनवरी २३ र २४ मा संघको विशेष महाधिवेशन हुन गइरहेको यहाँहरु सबैलाई पुनः अवगत गराउँदै सो सम्बन्धमा तयार पारिएका विभिन्न दस्तावेजहरु यहाँहरु समक्ष प्रस्तुत गरेको छु। देहाय बमोजिमका दस्तावेजसहित महाधिवेशनको सूचना हाम्रा पञ्जिकृत सदस्यसम्म प्रवाह गरिदिनु हुन सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्लाई अनुरोध गर्दछु ।

  • १. विशेष महाधिवेशन सम्बन्धी सूचना ।
  • २. महाअधिवेशनमा प्रस्तुत गरिने संघको आर्थिक प्रतिवेदन ।
  • ३. विधान संशोधन सुझाव समितिले तयार पारेको विधान संशोधन प्रस्तावको तीन महले प्रतिवेदन।

 

 विशेष महाधिवेशनका प्रतिनिधिहरुको दर्ता प्रक्रिया समेत अबिलम्ब अगाडि बढाउनु हुन समेत यसै पत्रमार्फत सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्लाई अनुरोध गर्दछु । यसका साथै, विधान संशोधन प्रस्तावमा तपाईका कुनै सल्लाह वा सुझाव भए contact@nrna.org मार्फत पठाउनुहुन अनुरोध गर्दछु ।

 

पुनश्चः माथि उल्लेखित दस्तावेजहरु यसै पत्रका साथ पठाइएको छ ।

  सूचना २ विशेष महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक प्रतिवेदनहरु तलको लिंकमा संलग्न गरिएको छ ।  https://bit.ly/2WJGGek.   सूचना ३

आदरणीय राष्ट्रिय समन्वय परिषद् अध्यक्ष तथा महासचिवज्यूहरु,

सन् २०२१ जनबरी २३-२४ मा हुने गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिनको लागि  सन् २०१९ अक्टोबरमा भएको ९औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले आफ्नो नाम दर्ता गर्ने मिति सन् २०२१ जनवरी ५ (स्थानीय समय २३:५९) सम्म बढाईएको जानाकारी गराइन्छ । सो को जानाकारी सम्बन्धित प्रतिनिधिहरुलाई दिनु हुन अनुरोध गरिन्छ । उक्त निर्णय आज बसेको संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैँठकले गरेको हो । नाम दर्ता गर्ने फाराम यस प्रकार छ  https://docs.google.com/forms/d/e/1FAIpQLScnYhVwSVSG7NzauVGl1qg22zQy7opvPl4fnwlAxDcIfIZjaw/viewform

   सूचना – ४

सन् २०२१ जनवरी २३ र २४ मा हुने संघको विशेष महाधिवेशनका भाग लिन सन् २०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुलाई मिति सन् २०२१ जनबरी ५ सम्म आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको थियो । उक्त मिति सम्म प्राप्त प्रतिनिधिहरुको संख्या विधानको अनुसूची ६ मा तोकिएको संख्या भन्दा कम प्राप्त हुन गएकोले सो संख्याको हद सम्म थप प्रतिनिधिहरु सन् २०२१ जनवरी १० तारिख सम्म पठाउन सम्बन्धित राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरिन्छ। राष्ट्रिय महाधिवेशन सम्बन्धी नियमावली (जनवरी २०२० मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् बैंठकबाट संशोधित)को दफा ७.२ मा उल्लेख भए बमोजिम निम्न प्राथमिकताको आधारमा प्रतिनिधिहरु छनोट गर्नु पर्नेछ ।

  • अन्तर्राष्ट्रिय समन्वय परिषदका बहालबाला संरक्षक, सल्लाहकार, तथा मानार्थ परिषद सदस्यहरु ।
  • अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार, र मानार्थ परिषद सदस्यहरु ।
  • राष्ट्रिय समन्वय परिषदका बहालबाला पदाधिकारी तथा सदस्यहरु ।
  • अन्तर्राष्ट्रिय समन्वय परिषदका विभिन्न समिति, उपसमिति तथा कार्यदलका बहालबाला संयोजक र उपसंयोजकहरु ।
  • राष्ट्रिय समन्वय परिषद्का निवर्तमान पदाधिकारी तथा सदस्यहरु ।
  • राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारी तथा सदस्यहरु ।
  • लामो समय सम्म पञ्जिकृत सदस्य भएका ।

 

राष्ट्रिय समन्वय परिषदहरुले सचिवालयबाट प्राप्त फाराम (https://forms.gle/beKdQeEkoe9KYVfP6) भरी प्रतिनिधिहरुको विवरण पठाउनु पर्नेछ । ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका र नयाँ प्रतिनिधीहरुको एकमुष्ट नामावली सन् २०२१ जनवरी १४ तारिखमा प्रकाशन गरिने छ । प्रतिनिधिको नामावली उपर उजुर गर्नका लागि सन् २०२१ जनवरी १५ सम्म दिईनेछ ।

    सूचना – ५

आदरणीय राष्ट्रिय समन्वय परिषद् अध्यक्ष तथा महासचिवज्यूहरु,

सन् २०२१ जनवरी २३ र २४ मा हुने संघको विशेष महाधिवेशनका भाग लिन सन् २०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुलाई मिति सन् २०२१ जनवरी ५ सम्म आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको थियो । उक्त मिति सम्म प्राप्त नामावली सचिवालयले यहाँहरुलाई पठाइ सकेको छ, जसको कपी सम्बन्धित क्षेत्रिय संयोजकलाई गरिएको छ । प्राप्त नामावलीको प्रारम्भिक भेरिफिकेसन काठमाडौं सचिवालयले गरेको छ । यसको अन्तिम भेरिफिकेसन गर्नु हुन राष्ट्रिय समन्वय परिषद्हरुलाई अनुरोध गरिन्छ ।

जनवरी ५ तारिख सम्म प्राप्त प्रतिनिधिहरुको सँख्या विधानको अनुसूची ६ मा तोकिएको संख्या भन्दा कम प्राप्त हुन गएकोले सो संख्याको हद सम्म थप प्रतिनिधिहरु सन् २०२१ जनवरी १० तारिख सम्म पठाउन यहाँहरुलाई अनुरोध गरिएको स्मरण गराइन्छ ।

 

सूचना – ६ 

सबैमा नमस्कार ।

विशेष महाधिवेशन सम्बन्धी सूचना !

उपरोक्त सम्बन्धमा विशेष महाधिवेशनमा भागलिने प्रतिनिधिहरुको अन्तिम नामावली एनसिसिहरुले हिजो १३ जनवरी २०२१ सम्म बुभझाउने समय रहेको यहाँहरुलाई जानकारी भएकै विषय हो । सो मिति सम्म एनसिसिहरुबाट प्राप्त भएका प्रतिनिधिहरुका नामावलीको लिंकमा (https://bit.ly/35IUieK) उल्लेख भए अनुसार रहेको छ । प्रकाशित नामावलीहरुमा कसैको दाबीविरोध रहेमा नेपाली समय भोली १५ जनवरी २०२१ रातीको १२ बजे सम्म जानकारी support@nrna.org मा पठाइदिनहुन अनुरोध गर्दछौं ।

सचिवालय

गैरआवासीय नेपाली संघ ।

सन् २०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा दर्ता भएका प्रतिनिधिहरुको सुची  click here to view      

  •  

 Add to calendar 

Details

Start:

January 23, 2021

End:

January 24, 2021

Website:

https://wpnrna2023.azurewebsites.net/

Venue

online