15 Oct 2024
काठमाडौँस्थित अस्ट्रेलियाली दूतावासमा मगलबार संघका अध्यक्ष डा. बद्री केसी र राजदूत लियन जोनस्टन तथा -मिशन प्रमुख श्री ग्रेग क्लेम बीच भेट भएको छ । सो अवसरमा अस्ट्रेलियामा भिसा कार्यालयको लागि लबिङ, अस्ट्रेलियाली अर्थतन्त्रमा प्रवासीको योगदानको मान्यता, छात्रवृत्ति अवसरको वृद्धि, सांस्कृतिक आदानप्रदान, व्यापार र द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने योजनाहरूमा चर्चा भएको छ।
यस्तै विधार्थीहरुको लागि प्री- डेपाचर ओरिएन्टेशनको व्यवस्था, आगामी अन्तर्राष्ट्रिय महिलाहरूको सम्मेलनको योजना लगायतमा पनि छलफल भएको छ । यो भेटले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उक्त भेटका क्रममा संघका अध्यक्ष डा बद्री केसीसँगै प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत पनि उपस्थित हुनुहुन्थ्यो ।