एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५

“एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार“

2025-05-14 - 2025-05-14

Hotel Yak & Yeti

event

 

“एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार“ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले् (एनआरएनए आइसीसी) एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ यही २०२५ मे महिनाको १४ तारिख  तदनुसार वैशाख ३१ गते काठमाडौंमा आयोजना हँुदैछ ।

 यस महत्वपूर्ण कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई नेपालको भविष्यसँग सम्बन्धित विषयमा गहन छलफलको मञ्च उपलब्ध गराउनेछ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको रूपमा सम्माननिय प्रधानमन्त्री  केपी शर्मा ओलीले गर्नुहुनेछ । कार्यक्रममा गैरआवासीय नेपाली नागरिकताका सन्दर्भमा प्राप्त गर्नु पर्ने सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, गैरआवासीय नेपाली ऐन संशोधन, गैरआवासीय नेपालीहरुको लगानीको प्रबद्र्धन तथा सुनिश्चितता, एन.आर.एन नेपाल डेभलपमेन्ट फण्ड सम्बन्धी आवश्यक कानुनको निर्माण, पर्यटन प्रबद्र्धन, श्रम आप्रवासन तथा सामाजिक सुरक्षा सम्बन्धमा घनीभूत छलफल हुनेछ ।

 

एनआरएनए ग्लोबल कन्क्लेव २०२५ को उद्देश्यहरू

  • – एनआरएनहरू, नेपाल सरकार, र निजी क्षेत्रबीच सहकार्यलाई प्रवर्द्धन गर्दै प्रवासी लगानीलाई प्रोत्साहन गर्ने।
  • – एनआरएन ऐनमा आवश्यक सुधार, एनआरएन नागरिकता अधिकार, र मूलको व्यक्तिको (PNO) विषयमा सरोकारवाला तथा सांसदहरूसँग छलफल र पैरवी गर्ने।
  • – सुरक्षित, व्यवस्थित, र नियमित आप्रवासन सुनिश्चित गर्न तथा नेपाली आप्रवासी श्रमिकहरूको सामाजिक सुरक्षा र अधिकारलाई सुधार गर्ने व्यवहारिक रणनीतिहरू पहिचान गर्ने।
  • – एनआरएनहरू, नेपाल सरकार, र अन्य सरोकारवालाहरूबीच समन्वयलाई सशक्त बनाउने।

Our Session

NRN Citizenship

NRN Citizenship

Investment Promotion & Assurance

Investment Promotion & Assurance

Labor Immigration & Social Security

Labor Immigration & Social Security

Promotion of Tourism & Nepalese Goods

Promotion of Tourism & Nepalese Goods

Downloads