नेपालमा कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जापान बाट सहयोगको निम्ति नेपाली दुतावास जापानको संरक्षकत्व र एनआरएनए आइसीसीका निवर्तमान अध्यक्ष तथा संरक्षक श्री भवन भट्टज्यूको सयोजक्त्त्वमा “मातृभूमिका लागी COVID-19 संक्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान” को गठन भएको थियो। यही जुन २१ मा समितिका संयोजक भवन भट्टज्यूको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरी नेपाल पठाउने भएको छ ।
समितिबाट आवहान गरे बमोजिम प्राप्त रकमबाट खरीद तथा सहयोग स्वरुप प्राप्त स्वास्थ्य सामाग्री साथै बिरगंजको नारायणी अस्पतालमा बनाइने Pediatric ICU साथै धादिङ्ग जिल्लाको धुनिवेशी नगरपालीकालाई उपलब्ध गराइने एम्बुलेन्सको वितरण तथा व्यवस्थापन आइसीसीको सचिवालय मार्फत गरिने छ । जापान बाट पठाइएको स्वास्थ्य सामग्री बाहेकका अन्य मेडिकल सामाग्री समितिले पठाएको विवरण बमोजिम खरिद तथा वितरण गरीदिनहुन अनुरोध गरिएको छ ।
Pediatric ICU को निर्माण बिरगंजको नारायणी अस्पतालमा गरीनेछ उक्त कार्यको समन्वयका निम्ति एनआरएनए जापानका केन्द्रिय सदस्य सुरेश गिरीलाई जिम्मा दिइएकोछ । भवन भट्टज्यू अन्तराष्ट्रिय सदस्य रहेको टोकियो सिन्तोसिन रोटरी क्लब बाट एउटा एम्बुलेन्स सहयोगको निम्ति प्राप्त रकम बाट एम्बुलेन्स खरिद गरी उक्त एम्बुलेन्स धादिङ्ग जिल्लाको धुनिवेशी नगरपालीकालाई उपलब्ध गराउने र उक्त एम्बुलेन्स राजमार्गमा दुर्घटना भएका स्थानहरुको लागी प्रयोग गरिने छ यसको निम्ति धादिङ्ग समाज जापानका अध्यक्ष दिनेश लोहनीले समन्वय गर्नेछन। ७ हजार थान Y-connector सबै जिल्ला अस्पताललाई वितरण गर्ने योजना रहेकोले सोही बमोजिम वितरण गरिदिनहुनपनि अनुरोध गर्दछौं। नेपालमा अक्सिजन सिलिन्डरको कमी भएको अवस्थामा उक्त Connecter ले एउटै सिलिन्डर बाट २ ओटा बिरामीलाई अक्सिजन दिन सकिनेछ। साथै केहि रकम एनआरएनए एशीया प्यासिफिकको अक्सिजन प्लान्ट निर्माणमा सहयोग गर्ने पनि जानकारी गराउछौँ।
साथै जापान बाट खरिद गरी पठाउने स्वास्थ्य सामाग्री संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठलाई समितिका संयोजक भवन भट्टज्यूले एनआरएनए जापानको कार्यालयमा हस्तान्तरण जुन २५ तारीकका दिन गर्नु भएको थियो ।
SL NO | Description | Quantity | Amount | Remarks |
1 | Pediatric ICU | 1 | 2,260,000/- | |
2 | Ambulance | 1 | 1,000,000/- | |
3 | Y-connector | 7000 pcs | 566,110/- | Total Amount |
4 | Oximizer | 100 pcs | ||
5 | Oximeter | 40 pcs | – | एभरेष्ट इन्टरनेशनल स्कुल बाट प्रात |
6 | Thermometer | 20 pcs | 20,000/- | |
7 | Sanitizer | 500 pcs | 150,000/- | |
8 | Medical Mask | 500 box | 100,000/- | |
9 | Antigen Kit | 500 pcs | 350,000/- | |
10 | Bipap | 1 pcs | 180,000/- | |
11 | लाप्राकको धार्चेमा खाद्यान्न | 150,000/- | ||
12 | एनआरएनए एशीया प्यासिफिकको अक्सिजन प्लान्टमा सहयोग | 591,101/- | ||
जम्मा खर्च : | 5,367,211 /- | |||
जम्मा उठेको सहयोग रकम : | 5,367,211 /- |
नोट: ३,४ र ५ नं का स्वास्थ्य सामग्री हरु जापान बाट खरीद गरी पठाइएकोले त्यो बाहेकको रकम पठाइएको जानकारी गराउदछौँ।
एनसिसि जापान