सहयोग प्रदानः

NRNA • 24 Feb 2019
news-img

गैरआवासीय नेपाली संघले वैदेशिक रोजगारको शिलिशलामा साउदी अरवमा सडक दुर्घटनाका कारण जेल परेका भूपाल बस्नेतलाइ साउदी जेलबाट रिहाइ गर्नको लागि रु २ लाख ३० हजार सहयोगको चेक आज एक कार्यक्रमवीच परराष्ट्र मन्त्रालयलाइ हस्तान्तरण गरेको छ । उक्त रकमको चेक संघका सहकोषाध्यक्ष तथा वैदेशिक रोजगार राहत कोषका संयोजक सोम नाथ सापकोटाले हस्तान्तरण गर्नु भयो । यसै गरी बस्नेतका रिहाईका लागि गैरआवासीय नेपाली क्षेत्रीय समिति अल कासिम, नेपाली प्रवासी समाज सा.अ प्रवासी नेपाली समन्वय समिति, गन्तब्य नेपाल, प्रेम बचाउ अभियान बराह समाज सुनसरी, सुनसरी मोरङ समाज, कतार र कुमार राना उद्धार अभियानले समेत सहयोग गरेका छन् ।

श्री बस्नेतको रिहाइको लागि ब्लड मनि संकलन गरिएको हो ।

गैरआवासीय नेपाली संघ
वैदेशिक रोजगारी राहत कोष ।