भूकम्प पछिको पीडाको संवोधन गर्न नपाउँदै राष्ट्रलाई आईपरेको यस बिष्म परिस्थितिमा संघले के कस्तो भूमिका खेल्नेछ र कसरी सहयोग गर्न सक्छ भन्ने बिषयमा जानकारी गराउँदै तत्काल संघले सरोकारवालाहरुसंग छलफल र बिचारबिमर्श गरी अतिआवश्यक औषधीहरु हवाई मार्गबाट ल्याउन लागेकोले यसमा लाग्ने राजश्व मिनाह गरिदिन अर्थ मन्त्रीलाई अनुरोध गर्नुभयो । अध्यक्ष घलेले यसरी प्राप्त हुने औषिधीहरु नेपाल सरकारद्वारा संचालित स्वास्थ संस्थाहरु मार्फत उपभोक्तासम्म पुराईने जानकारी समेत गराउनु भयो । प्रथम चरणमा संघले ३ करोड सम्मको अतिआवश्यक औषधि ल्याउने र यो स्थिति लम्बिएमा दोस्रो चरणमा ७ करोडसम्मको थप औषधि ल्याई यो जटिल समस्या केहि न्यूनिकरणगर्न सहयोग गर्ने जानकारी दिनुभयो । अर्थ मन्त्री पौडेलले गैरआवासीय नेपालीहरुले संघमार्फत खेल्दै आएको भूमिका र जिम्मेवारी प्रसंशनीय भएको र मुलुकले भोगेको समस्यालाई आफ्नै समस्या जस्तो महशूस गर्ने परिपाटी बिकास भएकोमा मुक्तकण्ठले प्रसंशा गर्दछु भन्नु भयो । उहाँले गैरआवासीय नेपाली संघ र नेपाल सरकारको सम्बन्ध अनन्तसम्म रहिरहने र एकआर्कासंग सहकार्य र समन्वय गरी अघि बढ्नु पर्ने बताउनु भयो । भूकम्प र नाकाबन्दी जस्ता अनपेक्षित घटनाबाट भएको क्षतिले अर्थतन्त्र तहसनहस भएको भन्दै उहाँले गैरआवासीय नेपाली संघसंगको सहकार्यमा पुन:निर्माणलाई तत्कालै अगाडी बढाइने प्रतिबद्धता जनाउनु भयो । मन्त्री पौडेलले नेपाली जन्ताले लोकतान्त्रीक विधिबाट ९० प्रतिशत प्रतिनिधिहरुको सहमतिमा ल्याएको लोकतान्त्रीक संविधान, जसमा अधिकार धेरै र कर्तव्य कमको व्यवस्था गरिएकोछ, लाई लिएर यत्रो ठूलो कष्ट जन्ताले भोग्नुको औचित्य नभएको वताउनु भयो । गैरआवासीय नेपाली संघको सचिवालय, काठमाण्डौ ।
मिति: २०७२ कार्तीक ३० गते