सम्माननीय प्रधानमन्त्री श्री शेर वहादुर देउवा र एनआरएनए प्रतिनिधिबीच भेटघाट

NRNA • 13 Jul 2022
news-img

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा बद्रि केसीको नेतृत्वमा  प्रधानमन्त्री शेरबहादुर देउवासंग भेटघाट सम्पन्न  भएको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले गैरआवासीय नेपाली संघको माग पनि समेटेर सरकारले  नागरिकता विधेयक अगाडि  बढाएको बताउनुभयो । 

संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि भएको व्यवस्था  अनुसार  नै विधेयक  पारित हुनेमा प्रधानमन्त्री देउवाले आश्वस्त गराउनुभयो ।। उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्यअध्यक्ष डा बद्रि केसीसंस्थापक अध्यक्ष डा उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउन सरकारले चालेको सकारात्मक कदमको लागि  धन्यवाद प्रकट गर्नुभयो । 

कार्यक्रममा  संघको तर्फबाट युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटायुरोप क्षेत्रका युवा संयोजक रमेश काफ्लेपूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरुगैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका तर्फबाट अधिकृत कुनाल मिश्रा लगायतको उपस्थिति रहेको थियो ।