सम्माननीय प्रधानमन्त्रीज्यू संग भेटघाट

NRNA • 07 Apr 2022
news-img

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष रविना थापाले सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवा संग भेट गर्नु भयो । भेटमा उहांहरुले गैरआवासीय नेपाली संघले स्थापना कालदेखि नै नेपालको आर्थिक तथा समाजिक विकासमा सहभागी हुँदै सक्दो योगदान गर्दै आएको र संघले आफ्नो मातृभूमीमा आई परेका विपतमा जहिले पनि सहयोग गरेको बताउनु भयो । 

नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले निर्णय गरे अनुसार पशुपति क्षेत्रमा १०० कोठा भएको आधुनिक सम्पन्न सुविधा बृद्धाश्रम निर्माणको लागि पशुपती विकास कोषको स्वामित्वमा रहेको जग्गा उपलब्ध गराउन सहजीकरण गरिदिन हुनको लागि आग्रह गर्दै बृद्धाश्रम शिलान्यासको लागी अनुरोध गर्नु भयो । प्रतिउत्तरमा सम्माननीय प्रधानमन्त्रीज्यूले शिलान्यासमा नभई भवनको उद्घाटनमा आउने जनाउनु भयो ।

गैरआवासीय नेपाली संघ ।