प्रतिकुल मौसममा रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन संचालन भएको एनआरएनको “घुम्ती रगत बस परियोजना” अन्तर्गत पहिलो घुम्ती रगत बस गैरआवासीय नेपाली संघले भरतपुर महानगरपालिकाको मार्फत नेपाल रेडक्रस सोसईटी चितवन क्षेत्रीय रक्तसंचार, भरतपुरलाई १८ डिसेम्बर ,२०२० (पौष ३, २०७७ ) को दिन हस्तान्तरण गरियो । संघको उपाध्यक्ष डा. बद्रि के. सी. को अध्यक्षता , भरतपुर महानगरपालिकाको प्रमुख रेणु दाहालको प्रमुख अतिथ्यता र नेपाल रेडक्रस सोसाईटी चितवन जिल्ला शाखाको सभापति ज्ञानशाली न्यौपानेको विशिष्ट अतिथ्यता मा भएको उक्त कार्यक्रममा संघको तर्फबाट संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, सचिव आर. के. शर्मा, सह- कोषाध्यक्ष लोक प्रसाद दाहाल, सल्लाहकार रामेश्वर साह र सोम सापकोटा, मध्य पूर्वीय उप-संयोजक मनोज गोर्खाली, विभिन्न् कार्यदल तथा समितिहरुक संयोजक तथा सदस्यहरु, राष्ट्रिय समन्वय परिषदहरुका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो भने चितवनको प्रमुख जिल्ला अधिकारी नारयण प्रसाद भट्टराई, जिल्लाको स्वास्थ्य प्रमुख, प्रहरी प्रमुख, आर्मी प्रमुख, ए.पी.एफ. प्रमुख, वाणिज्य संघहरुका अध्यक्ष, नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय पदाधिकारीहरु तथा जिल्लाका पदाधिकारीहरु, मानगरपालिकाको उप-प्रमुख, प्रमुख कार्यकारी निर्देशक, निर्देशकहरु, वडा अध्यक्षहरु, चितवन क्षेत्रीय रक्तसंचारका कर्मचारीहरु, रक्तदान गर्ने संघ संस्थाहरु र रक्तदाताहरुको सहभागिता रहेको थियो ।
नेपाल बाहिर रहेर पनि आफ्नो देशप्रति जिम्मेवारी पुरा गर्न धेरै गैरआवासीय नेपालीहरुले आर्थिक तथा प्राविधिक ज्ञान र शिप हस्तान्तरण गर्नको लगानी काम गरिरहेका छन् । “नेपालीका लागि नेपाली” भन्ने भावनालाई आत्मसात गर्दै गैरआवासीय नेपाली संघले रक्तसंचार पद्धति कार्यदल स्थापना गरेको छ । यस कार्यदलले नेपालमा रगत भण्डारण सेवालाई गुणस्तरीय र सर्व सुलभ बनाउनको लागि रक्तसंचार क्षेत्रमा विभिन्न कार्यक्रम तथा परियोजनाहरु संचालन गर्दै आएको छ । सन् २०१८ मा यस कार्यदलका संयोजक फणिन्द्र पन्तको नेतृत्वको विज्ञ टोलीले एक कार्यशाला गरि घुम्ती रगत बस परियोजनालाई अगाडी बढाएको थियो । त्यस कार्यदलले- २०१७-१९ कार्यकालमा १५ लाख जति संकलन गरेको थियो । यो परियोजनालाई अध्यक्ष कुमार पन्तको नेतृत्व तथा सचिव गौरी राज जोशीको सभापतित्वमा २०१९-२१ मा गैरआवासीय नेपाली संघले आफ्नो गौरवको परियोजना अन्तर्गत राखेको र कोभिड-१९ ले रक्तसंचार क्षेत्रमा निम्तयाएको प्रतिकुलता कम गर्न द्रुत गतिमा काम गरि हस्तान्तरण गररेको थियो ।
रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख पौडलले रक्तसंचारलाई गुणस्तरीय बनाउनको लागि गैरआवासीय नेपाली संघको रक्तसंचार कार्यदलले तालिमको लागि नेथरल्यांड्स लगेको थियो र निरन्तर कार्य गरिरहेको कुरा उदृत गर्दै अहिले जिल्लामा दैनिक सय युनिट रगत माग भइरहेको भए पनि दैनिक ५० युनिट रगत पुर्याउन पनि कठिन परिरहेको बताए । रगत बस सञ्चालनमा आएपछि मागअनुसार रगत पुर्याउन सक्ने आशामा आफूहरु रहेको उनले बताए । रगतबस सहयोग गरेर पूण्यको काम गरेको भन्दै उनले एनआरएनएप्रति आभार प्रकट गरे ।