संघका कार्यकारी अध्यक्षको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसंग भेटघाट :

NRNA • 05 Apr 2022
news-img

५ मार्च २०२२

संघका कार्यकारी अध्यक्ष  कुल आचार्यले पशुपति क्षेत्र बिकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापा संग भेट गर्नु भयो । यस अवसरमा उहांले संघले पशुपति क्षेत्रको परिसरमा निर्माणको लागि योजना बनाएको १०० कोठाको आधूनिक सुविधा सम्पन्न बृद्धाश्रमको लागि आवश्यक जग्गाकोलागि अनुरोध गर्दै बृद्धाश्रम संचालनको मोडालिटी आपसी छलफल तथा सहमतिमा तय गर्न सकिने र यस परियोजनाको दिगोपन तथा स्थायित्वको लागि संघले एक अक्षयकोष समेत खडा गर्ने जानकारी गराउनु भयो ।

कोषका सदस्य सचिव डा. थापाले संघलाई जग्गा उपलब्ध गराउने बिषयमा कोषको पदाधिकारी बैठकमा छलफल भईसकेको र कोषले संघलाई धार्मिक स्थल भण्डारखालमा जग्गा उपलब्ध गराउन सक्ने र त्यसको लागि संघबाट आधिकारिक पत्र पठाउन अनुरोध समेत गर्नु भयो ।

कोषका पदाधिकारीहरुले निर्माण कार्यको लागि लाग्ने समयको बारे जानकारी माग गर्दै परियोजना आफैंले आय आर्जन गर्न सक्ने, बस्न निशुल्क हुन पर्ने, केहि समयको लागि संघले संचालन गरिदिनु पर्ने, स्वास्थ्य र व्यायामको लागि स्थान छुट्टाईनु पर्ने लगायतका सुझावहरु पेश गरेका थिए ।

यी सबै प्रस्तुत भएका जिज्ञाषाहरुलाई एक मुष्ट जवाफ दिंदै कार्यकारी अध्यक्ष आचार्यले संयुक्त रुपमा एक परियोजना निर्माण समिति बनाई यस्ता बिषयहरुमा छलफल गरिने तथा परियोजना संचालन कार्यविधि समेत तयार पार्ने जानकारी दिदै यो परियोजना १८ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताउनु भयो । गैरआवासीय नेपाली संघ ।