विदेशबाट नेपाली फर्काउने सरकारको निर्णयको गैरआवासीय नेपाली संघद्वारा स्वागत

NRNA • 30 May 2020
news-img
सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेकोमा गैरआवासीय नेपाली संघले सरकारको यो निर्णयको स्वागत गर्दै सहजिकरणका लागि आफु तत्पर रहेको बताएको छ ।
गैरआवासीय नेपाली संघको प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वेदश ल्याउने निर्णयमा पुगेको गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले बताउनु भयो ।
अध्यक्ष पन्तले सरकारको निर्णयको स्वागत गर्दे प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्नु भएको छ। उहाँले अप्ठ्यारोमा परेका नेपालीहरुलाई सुरक्षीत रुपमा नेपाल फर्काउन संघ सहजीकरणाका लागि तत्तपर रहेको जानकारी दिनु भयो ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । समितिको गएको शुक्रवार बसेको बैठकले दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको थियो । उच्चस्तरिय समितिको निर्णय बमोजिम मन्त्री परिषदले अनुमोदन गरे पछि उद्धारको कार्य सुरु हुने भएको छ ।
यसै बीच संघका अध्यक्ष कुमार पन्तले विभिन्न मुलुकमा रहेका राष्ट्रिय समन्वय परिषदहरुलाई एक पत्र जारी गर्दै केहि दिन धैर्य गर्न आग्रह गर्नु भएको छ ।
उहाँले विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति,संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार प्राथमिकताका आधारमा उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना रहेको छ र तेस्रो मुलुकबाट नागरिक ल्याउने काम केही सातापछि शुरु हुने अनुमान गरिएको छ ।
नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाउने सरकारको तयारी रहेको छ । नेपाल फर्किन चाहनेहरूले जहाजको भाडा भने आफै तिर्नु पर्ने छ । यस अघि राष्ट्रिय समन्वय परिषद युएसए,युके,कतार,युएई लगायतका देशले नेपाल फर्किन चाहने नेपालीहरुको नाम संकलन गरेका थिए ।
कोभिड१९ पिडितकोउद्धार गर्नसरकारद्धारा/u>छुट्टैबजेटको व्यवस्था
अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेटमा गैरआवासीय नेपाली संघलाई उच्च मुल्यांकन गरिएपछि संघले स्वागत गरेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका,प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेकोमा स्वागत गर्नु भएको छ । बजेटमा गैरआवासीय नेपाली संघको उच्च मुल्यायांकन गरिएको छ । अर्थमन्त्री खतिवडाले एनआरएनको ज्ञान, सीप,पुँजी र प्रविधिलाई राष्ट्र विकासमा उपयोग गरिने बजेट वक्तव्यमा उल्लेख गर्नु भएको छ । विदेशमा जोखिममा रहेका नेपालीको संरक्षण र उद्दारमा संघको सहयोग लिइने बजेट वक्तव्यमा उल्लेख छ ।
गैरआवासीय नेपाली संघ ।