वन तथा वातावरण मन्त्री, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र गैरआवासीय नेपाली संघका अध्यक्ष बीच भेट ।

NRNA • 24 Feb 2021
news-img

वन तथा वातावरण मन्त्रीमाननीय प्रेम बहादुर आलेराष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतशुशिल ज्ञवाली र गैरआवासीय नेपाल संघका अध्यक्षकुमार पन्त बीच लाप्राक नमुना बस्तिको लागि आवश्यक ६००० क्युविक फिट काठ आपूर्तिकोलागि स्वीकृति प्रदान गर्ने बिषयमा छलफल भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञावालीले संघले अत्यन्तै सुन्दर बस्ति निर्माण गर्दै गरेको र विभिन्न कारणले निर्माण कार्य केहि ढिलो भएता पनि आगामी बैशाख १२ गते भित्र बस्ति आधिकारिक रुपमा लाभग्राहिहरुलाई हस्तान्तरण गर्ने योजना रहेकोमा आवश्यक मध्य केहि काठ आपूर्तिमा देखिएको ढिलाईका कारण निर्माण कार्यमा समस्या परेकोले ६००० क्यूविक काठको सहज व्यवस्था गरिदिन सिफरिस गर्नुभयो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष पन्तले बिकटताको कारण निर्माणमा केहि ढिलाई भएता पनि विभिन्न कठिनाईका बावजुत संघ अत्यन्तै मनमोहक र सुन्दर बस्ति निर्माण गर्न सफल भएकोमा खुशी व्यक्त गर्नुभयो । उहांले नेपाल सरकारले काठको उपलब्धीमा सहजिकरण गरिदिएमा योजना अनुरुप बस्ति निर्माणको सम्पूर्ण कार्य सकिने जानकारी गराउंदै थप काठको व्यवस्था गरिदिन अनुरोध गर्नु भयो । माननीय मन्त्री प्रेम बहादुर आलेले नेपाल सरकारले गर्न पर्ने कार्य संघले विश्वभरि फैलिएका नेपालीहरुका सहयोग मार्फत गरेकोमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद व्यक्त गर्दै छिटो आवश्यक काठको व्यवस्था गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । सो छलफलमा वन सचिववन बिभागका महानिर्देशकका साथै संघका तर्फवाट उपध्यक्ष डा. बद्री केसीयूरोपका क्षेत्रिय उपसंयोजक कृष्ण तिमिलसिनालाप्राक नमूना वस्ती परियोजना सहसंयोजक श्याम तामाङ्ग र कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ सचिवालय ।

मिति: २४ फेब्रवरी२०२१ ।