मेक इन नेपाल नामक एक अनलाइन अन्तर्रकृया कार्यक्रम सम्पन्न

NRNA • 21 Mar 2021
news-img

1गैरआवासीय नेपाली संघले हिजो २० मार्चका दिन राष्ट्रिय आवीष्कार केन्द्रको सहयोगको लागि मेक इन नेपाल नामक एक अनलाइन अन्तर्रकृया कार्यक्रम सम्पन्न गर्यो । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमा विविध क्षेत्रहरुमा अनुसन्धान गरी आविष्कार गर्न प्रयास गरिरहेको छ । यस संस्थाले कोरोनाकालमा पनि विग्रेको भेन्टीलेटर बनाउनुका साथै गाउनमास्कका तथा अन्य उपकरणहरु दिएर नेपाल सरकारलाई सहयोग गरेको थियो । 

हिजो भएको कार्यक्रममा  संघका अभियन्ताहरुले रु २२ लाख ३६ हजारको सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको र थप सहयोगको लागि संघले आफ्नो संजाल भित्र अनुरोध गर्ने संघका उपाध्यक्ष तथा परोपकारी तथा मानवकल्याणकारी हित विभागका सभापति सोनाम लामाले बताउनु भयो । आविष्कार केन्द्रलाई रु १ करोड भन्दा बढीको फलाम काट्ने लेजर मेशीनको अत्यन्तै आवश्यकता रहेको कुरा केन्द्रका अध्यक्ष महाविर पुनज्यूले जानकारी दिनु भएको छ । यो कार्यक्रम आयोजनाका लागि एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय उपसंयोजक पारसमणीले संयोजन गर्नु भएको थियो ।

यस कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तसंस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने र भवन भट्ट,  सल्लाहकार कूल आचार्य लगायत विभिन्न मुलुकका आइसिसि तथा एनसिसिका पदाधिकारीहरु, सदस्यहरुका साथै गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो ।