माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्युसंग भेटघाट

NRNA • 13 Apr 2023
news-img

माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्युसंग भेटघाट

माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्युसंग भेटघाट

१३ अप्रिल २०२३

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री के. सी. तथा अध्यक्ष कुल आचार्य, संथापक अन्तर्राष्ट्रिय संयोजक भिम उदास तथा राष्ट्रिय समन्वय परिषद् युकेका उपाध्यक्ष नारायण कंडेलले नव नियुक्त माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री श्री पूर्णबहादुर खड्काज्युसंग भेटघाट गर्नु भयो ।

संघका अध्यक्ष कुल आचार्यले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघले सामाजिक सुरक्षा, डलर खाता तथा सघको विकासको बारेमा विवरण प्रस्तुत गर्दै सो कार्यमा सहयोग गर्नु भएकोमा कृतज्ञता व्यक्त गर्नु भयो ।

कार्यकारी अध्यक्ष डा. बद्री के. सी. ले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संघको स्थापना काल देखि संघले नागरिकता तथा लगानीको कुरालाई महत्व दिएको सो कार्यको पूर्णताका लागि सहजीकरण गरिदिन हुन अनुरोध गर्नुका साथै संघले गरेका गतिविधिहरु बारे जानकारी गराउनु भयो ।

यसरी नै संघका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भिम उदासले संघको सुरुको अभियान बारे जानकारी गराउनु भयो ।

 

माननीय उप-प्रधानमन्त्री तथा रक्षा मन्त्रीज्यूले गैरआवासीय नेपाली संघले स्थापना काल देखि नै नेपालको समृद्धिको सपना लिएकोमा धन्यवाद व्यक्त गर्दै नागरिकताको मुद्दा अब आउने वर्षे अधिवेशनबाट  टुंगिने  विश्वास व्यक्त गर्नु भएको थियो ।