भूकम्प पिडीतलाई राहत बितरण गर्न एनआरएन टोली सिन्धुपाल्चोक तर्फ

NRNA • 01 May 2015
news-img

भूकम्प पिडीतलाई अत्याबश्यक राहत बितरण गर्न गैरआवासीय नेपाली संघको टोली बिहीबार काठमाण्डौबाट सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेको छ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आह्वानमा रकम संकलन  अभियानमा सहभागी हुँदै काठमाण्डौ आइपुगेका एनआरएन अगुवाहरु र स्वयंसेवकहरु टोलीमा सहभागी छन् । बिभिन्न ७ जिल्लामा राहत बितरण गर्ने गैरआवासीय नेपाली संघको योजनाअनुसार पहिलो जिल्लाका रुपमा सवैभन्दा क्षति पुगेको सिन्धुपाल्चोकको चनौटेमा राहत बितरण गर्न लागिएको हो ।

सो टोलीको नेतृत्व गैरआवासीय नेपाल संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद, वैदेशिक रोजगारी तथा आप्रवासी कामदार कल्याणकारी समितिका उपाध्यक्ष तथा राष्ट्रिय समन्वय परिषद बहराइनका निवर्तमान अध्यक्ष श्याम तामाङ्गले गर्नुभएको छ ।  टोलीमा अष्ट्रेलियाबाट आएका १५ जना नर्स तथा स्वास्थ्य स्वयंम सेवकहरु तथा दुई जना डाक्टरहरु समावेश छन् ।  टोलीले १००० थान त्रिपाल, २००० थान कम्मल, ५०० कार्टून चाउचाउ, १००० केजी चिउरा तथा प्रथामिक तथा आवश्यक औषधी र  स्यानिटेशनका समानहरु वितरणको लागि लगेका छन् ।

टोलीले भोलिदेखि संघका अध्यक्ष शेष घले तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा राहतका सामाग्री वितरण गर्नुका साथै स्वास्थ्य शिविर संचालन गर्ने छ । सो टोली उक्त स्थानमा चार दिन सम्म रहेन छ र आसपासका क्षेत्रहरुमा समेत स्वस्थ शिविर संचालन गर्ने छ । गैरआवासीय नेपाली संघले नेपालका भूकम्प पिडीत नेपालीलाई राहत प्रदान गर्न आह्वान गरेपछि संसारभर छरिएर रहेका नेपालीहरुले झण्डै १० करोड रुपैयाँ संकलन गरेर राहत प्रदान गर्ने तयारी थालेका हुन् ।

टोलीमा समावेश डाक्टर, नर्स तथा स्वयंमसेवीहरु–

डाक्टरहरु:

  • डा. विदुर ढकाल – नेपाल, 
  • डा. जयराम केसी – नेपाल,

नर्सहरु:

  • प्रतिमा कार्की – अष्ट्रेलिया
  •  नीति श्रेष्ठ – अष्ट्रेलिया, 
  • किमान्द नूरे – अष्ट्रेलिया, 
  • सुनिता थापा – अष्ट्रेलिया 
  • वलराम घिमिरे – अष्ट्रेलिया, 
  • भूमा लिम्बू – अष्ट्रेलिया, 
  • योगिता शर्मा – अष्ट्रेलिया,  
  • नाम सूब्बा – अष्ट्रेलिया, 
  • बर्षा बिष्ट – अष्ट्रेलिया,

 

स्वयंम सेवकहरु:

  • दिपिन वनिया – अष्ट्रेलिया, 
  • सन्दिप घिमिरे – अष्ट्रेलिया, 
  • गोविन्द – अष्ट्रेलिया,  
  • विमल श्रेष्ठ  – अष्ट्रेलिया, 
  • क्रिपम श्रेष्ठ – अष्ट्रेलिया,
  • वसन्ती थापा – अष्ट्रेलिया

गैरआवासीय नेपाली संघ सचिवालय, काठमाण्डौं ।