१६ अक्टोवर २०२२
गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको एक प्रतिनिधि मंडलले परराष्ट मन्त्रालयमा एनआरएन डेस्कका प्रमुख तथा सहसचिव घनश्याम लम्साल संग भेटघाट गरेको थियो । सो अवसरमा संघका अध्यक्ष डा केसीले हालै सम्पन भएको संघको साधारणसभा र गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गरिएका कार्यक्रमहरु बारे जानकारी गराउनु भयो । साथै उहाँले संघको लोगोको विषयमा आएका भ्रम बारे पनि अवगत गराउनु भयो । साथै उहाँले आगामी महाधिवेशन अन्तर्गत हुने संघको निर्वाचनमा एमआइएस प्रणाली मार्फत अनलाईन मतदान गराउनको लागि तेश्रो पार्टीको उपयोग गरी स्वच्छ, मर्यादित र पारदर्शी निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । यसरी नै उहाँले साधारणसभाको माइनुट चाडै नै मन्त्रालयमा पेश गर्ने बताउनु भयो ।
यसरी नै एनअरएन डेस्कका प्रमुख लम्सालले एनआरएन डेस्कले प्रदान गरिरहेको सेवा बारे जानकारि दिदै भविष्यमा पनि यहाँहरुलाई मन्त्रालयको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जाहेर गर्नु भयो । साथै उहाँले सरोकारका विषयमा विदेशमा रहेका नियोगहरुसंग समन्वय गर्नको लागि पनि आग्रह गर्नु भयो ।
यस कार्यक्रममा मन्त्रालयका उपसचिव रिता धिताल, अध्यक्ष डा बद्री केसी लगायत युवा उपाध्यक्ष रोशन थापा र सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीको सहभागीता रहेको थियो ।