नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम

NRNA • 19 Apr 2023
news-img
 
नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको महिला विभागद्वारा आयोजित कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, नेकपा एमालेकी नेता शान्ता चौधरी, अभियन्ता मुस्कान खातुन लगायतका अतिथिले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि श्रेष्ठले जीवनमा सफल हुन संयमित भई निरन्तर आफ्नो कर्म गर्र्नुुपर्ने बताउनुभयो । शिक्षा नै सबैभन्दा ठूलो सम्पत्ति भएको भन्दै उहाँले नेपालका दूरदराजसम्म महिलालाई शिक्षित बनाउनुपर्ने र त्यसमा विदेशमा रहेका नेपालीहरुले पनि खास भूमिका खेल्नसक्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेता शान्ता चौधरीले विदेशमा रहेका नेपालीहरु अथाह राष्ट्रप्रेम रहेको र उनीहरु भौतिक रुपमा मात्रै मुलुक बाहिर रहेको भावानात्मक रुपमा सधै नेपालसँगै जोडिएको देख्दा खुशी लागेको बताउनुभयो । जो जहाँ भएपनि देशको कला, संस्कृति, भाषा लगायतलाई विदेशमा चिनाइरहेको भन्दै नेपाललाई विश्वसँग जोड्ने पुलको काम गरिरहेको बताउनुभयो । मुलुकको समृद्धिका लागि विदेशमा रहेका बहुसंख्यक नेपालीको भूमिका अहम् हुने उहाँको भनाई थियो ।
यस्तै कार्यक्रममा अभियन्ता मुस्कान खातुनले देश विकासका लागि महिला सशक्तिकरण पनि महत्वपूर्ण हुने भन्दै घर, परिवार, समाजदेखि नीति निर्माण तहमै परिवर्तन र परिमार्जन आवश्यक रहेको बताउनुभयो । सो क्रममा खातुनले आफ्नो जीवनको अनुभव सुनाउँदै सुनाउनुभएको थियो ।
स्वागत मन्तव्य संगिता मरहठ्ठाले राख्नुभएको भएको कार्यक्रममको सञ्चालन आइसीसीकी सचिव राधिका गुरुङले गर्नुभएको थियो । कार्यकारी अध्यक्ष, डा बद्री केसी, अध्यक्ष रबिना थापा, उपाध्यक्ष डा हेमराज शर्मा, महेश श्रेष्ठ, आर के शर्मा, यास्मिन बेगम सैयद, प्रवक्ता सोम सापकोटा, उप महासचिवद्वय रामशरण सिंखडा, र डा देवी सचिव गंगाधर गौतम, सहकोषध्यक्ष यमुना भट्टराई, अमृता थापा तथा टंक गैरे, भवानी तिवारी, पारु मल्ल, शान्ति अधिकारी सन्तोष भट्टराई, भविन्द्र बस्नेत, डम्बर यादव, डा इन्दिरा तिवारी, बिनोद कार्की लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीले शुभकामना व्यक्त गर्नुभएकोे थियो ।