धर्मनाथ पासवानलाई सहयोग प्रदानः

NRNA • 25 Feb 2019
news-img
  वैदेशिक रोजगारको शिलशिलामा साउदी अरव रहँदा सडक दुर्घनामा परि साउदी अस्पतालमा भर्ना हुनु भएको धनुषा निवासी धर्मनाथ पासवानलाई स्वदेश ल्याउन सहयोग स्वरुप उहाँको नाममा संकलन गरिएको चार लाख रुपैयाँ निजको स्वास्थ्य उपचारका लागि निजको पत्नी ललिता देवी पासवानलाई आज हस्तान्तरण गरियो । उक्त रकम गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा वैदेशिक रोजगार राहत कोषका संयोजक सोम सापकोटाले हस्तान्तरण गर्नु भयो । शारिरिक अश्वस्थताका कारण हाल पनि निकै कष्टकर जिवन बिताइरहेका धर्मनाथ पासवानलाई उक्त प्रदान गरिएको रकमले केही राहत मिल्ने अपेक्षा संघको छ । गैरआवासीय नेपाली संघ ।