गैरआवासीय नेपाली संघ र काठमाडौं महानगरपालिका वीच भेटवार्ताः

NRNA • 25 Nov 2019
news-img
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गएको एक प्रतिनिधि मंडलले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र काठमाडौं महानगरपालिकका प्रति संग भेटघाट गर्यो । मुख्यतया यस भेटघाटमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित काठमाडौंमा सार्वजनिक शौचालय, सडक पुस्तकालय र  सभा हल निर्माणको बारेमा छलफल भएको थियो । यसका साथै संघका अध्यक्ष कुमार पन्तले नेपाल भ्रमण वर्षलाई सहयोग गर्नको लागि संघले गरिरखेका र गर्ने गतिविधिहरु बारे जानकारी गराउनु भएको थियो ।
मेयर  शाक्यले काठमाडौँमा अन्तराष्ट्रिय सभा हल बनाउन योजना बनाईरहेको र उक्त कार्यमा संघबाट समन्वयात्मक तथा सबल परिपुरकको भूमिका खेल्ने अपेक्षा राखेको कुरा बताउनु भयो । पन्तले यस कार्यमा संघले सक्ने भूमिका खेल्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
यस भेटघाट कार्यक्रममा संघको तर्फबाट अध्यक्ष कुमार पन्त, पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछाने उपाध्यक्षऽ अर्जुन कुमार श्रेष्ठ, सचिव गौरी राज जोशी, एशिया प्रशान्त क्षेत्रका निवर्तमान क्षेत्रीय महिला उपसंयोजक श्री जुनु गुरुङ लगायत अन्य गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।
सचिवालय
गैरआवासीय नेपाली संघ ।