आज सन् २६ जनवरी २०१८ का दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युकेका उपाध्यक्ष तथा आपतकालिन राहत कोषका संयोजक सुशीला राईको संयोजकत्वमा संकलन गरिएको परोपकारी सहयोग रकम रु. ५ लाख १ हजारको चेक ब्लड क्यान्सरबाट पिडित ४ वर्षिय बालिका कृष्टीना सुनुवारको उपचारको लागि उनका बुवा निरकुमार रुप्चालाई नर्भिक अस्पतालमा हस्तान्तरण गरियो ।
यस हस्तान्तरण कार्यक्रममा युकेका आइसिसि सदस्य सुषमा राई, कुवेतका आईसिसि सदस्य अमित चाम्लिंग राई, आइसिसिका निवर्तमान सचिव अर्जुन श्रेष्ठ, राष्ट्रिय समन्वय परिषद् बेल्जियमका उपाध्यक्ष कमल पन्थी, संचारकर्मीहरु र सचिवालयको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ सचिवालय ।