गैरआवासीय नेपाली संघद्वारा ५६० थान अक्सिजन रेगुलेटर नेपाल सरकारलाई हस्तान्तरण:

NRNA • 21 May 2021
news-img

 गैरआवासीय नेपाली संघले आज एक समारोह वीच ५६० थान अक्सिजन रेगुलेटर नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्‍यो । उक्त रेगुलेटर मध्यपूर्वका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठले स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य विज्ञ महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो ।

दाताहरुको अनुरोधमा सो हस्तान्तरण गरिएको रेगुलेटर प्रदेश नं. १, बाग्मती प्रदेश र गण्डकी प्रदेशलाई उपलब्ध गराउन एक पत्र समेत मन्त्रालयलाई बुझाइएको छ ।

आजको यस हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारी, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, सचिवालय कार्यकारी निर्देशक राजेश राणा, जुनियर अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो ।

सचिवालय,

गैरआवासीय नेपाली संघ ।