गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक आगामी सेप्टेम्बर ४,५ र ६, २०२० मा:
जुम प्रबिधिबाट गरिन लागिएको सो बैठकमा विभिन्न फोरमहरु संचालन हुँदैछन। इमिग्रेशन फोरम, महिला फोरम, राजनैतिक फोरम, युवा तथा दोश्रो पुस्ता फोरम, संघका गतिबिधि र नयाँ नीतिहरु, एनसीसीहरुको गतिबिधिको प्रस्तुति, बिज्ञ सम्मेलन इत्यादि हुनेछन।
बैठकको दोश्रो दिन, सेप्टेम्बर ५, शनिबार दिनको १:०० बजे देखि २:०० बजे सम्म इमिग्रेशन फोरम संचालन गरिने छ। सो फोरममा इमिग्रेशनसँग संबन्धित प्रश्न, जिज्ञासा, समस्या जे जे छन् स्वयं जुममा उपस्थित भएर सोध्न सकिने छ।
ओसेनिया क्षेत्रको क्षेत्रीय बैठक र विज्ञ सम्मेलन सेप्टेम्बरमा:
यही आउने सेप्टेम्बर १२-१३ सम्म ओसेनिया क्षेत्रको क्षेत्रीय बैठक र क्षेत्रीय विज्ञ सम्मेलन अनलाइन माध्यमबाट आयोजना गरिने भएको छ । उक्त क्षेत्रीय बैठकमा निम्न विषयहरुमा छलफल हुने छः
ओसेनिया क्षेत्रमा रहेका एनसिसिहरुको कार्य विवरण सहितको प्रस्तुतिकरण
क्षेत्र भित्र विद्यमान रहेका समस्याहरु
गैरआवासीय नेपाली संघको अभियानलाइ मजबुत बनाउने सम्बन्धमा
कोभिड १९ का गतिविधिहरु
अन्य सरोकारका विषयहरु
यसैगरी सो समयमा क्षेत्रीय विज्ञ सम्मेलनमा देहायका विषयहरुमा छलफल हुने छः
स्वास्थ्य
आर्थिक
शिक्षा
प्रविधिका साथै अन्य विषयहरुमा छलफल हुने भएको छ ।
एशिया प्रशान्त क्षेत्रीय बैठक र विज्ञ सम्मेलन २६-२७ सेप्टेम्बरमाः
एशिया प्रशान्त क्षेत्रीय बैठक र विज्ञ सम्मेलन अनलाईन मार्फत २६-२७ सेप्टेम्बरमा आयोजना हुने भएको छ । क्षेत्रीय बैठकको मूल विषय :आप्रवासी नेपाली कामदर : स्वदेश फिर्ता, पुनः एकिकरण र रोजगार” रहेको छ । यस विषयमा आधारित भएर विभिन्न शत्रहरु संचालन हुने छ । यसका साथै एशिया क्षेत्र भित्र भएका गतिविधिहरु, कोभिड १९ कारण उत्पन्न भएका समस्याहरुका साथै अन्य समसामियक विषयमा छलफल हुने छ । यसरी नै क्षेत्रीय विज्ञ सम्मेलनमा विभिन्न महत्वपूर्ण विधाहरुमा छलफल हुने छ ।
१३औ युरोपियन क्षेत्रीय बैठक र विज्ञ सम्मेलन आगामी ३-४ अक्टोवरमाः
१३औ युरोपियन क्षेत्रीय बैठक र विज्ञ सम्मेलन आगामी ३ देखी ४ अक्टोवर सम्म अनलाइन माध्यम बाट संचालन हुने भएको छ । उक्त बैठकमा युरोप क्षेत्र भित्र भएका गतिविधिहरु, कोभिड १९ कारण उत्पन्न भएका समस्याहरुका साथै अन्य समसामियक विषयमा छलफल हुने छ । यसरी नै क्षेत्रीय विज्ञ सम्मेलनमा स्वास्थ्य, शिक्षा, प्रविधि, आर्थिक सामाजिक तथा अन्य महत्वपूर्ण विधाहरुमा छलफल हुने छ ।