गैरआवासीय नेपाली संघका पदाधिकारीहरुको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट

NRNA • 20 Nov 2017
news-img
संघका उपाध्यक्ष कुमार पन्तको नेतृत्वमा संघको एक प्रतिनिधि मण्डलले नोभेम्वर २० का दिन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरी उहाँको पुत्र प्रकाश दाहालको निधन प्रति संघको तर्फबाट हार्दिक समवेदना प्रकट गर्‍यो ।त्यस अवसरमा पूर्व प्रधानमन्त्री दाहालले छोरा प्रकाशको असामयिक निधन पछि परिवारका सदस्यलाई सम्झाउन निकै गाह्रो भैरहेको तर आँफु भने यो भवितब्य हो र यसबाट सम्हालिनुको विकल्प नरहेको कुरामा सचेत रहेको बताउनु भयो ।
              पुत्र शोकमा रहेका प्रचण्डले सहभागीहरुको परिचय पश्चात गैरआवासीय नेपाली अभियानबाट राज्यले ठूलो आशा राखेको कुरा औंल्याउँदै यो अभियानलाई आफ्नो सधैंभरि साथ र सहयोग रहने आश्वासन दिनुभयो ।सो अवसरमा उपाध्यक्ष पन्तले परिवारमा परेको यो अकल्पनीय दुखद् घटनाबाट पनि विचलित नभई एक राष्ट्र नायकको भूमिका निर्वाह गर्न सफल रहनु भएकोमा प्रशंसा गर्दै सारा नेपाली जनताका अभिभावकको  रुपमा आफूलाई स्थापित गर्न सफल भएको बताउनु भयो ।संघका तर्फबाट प्रतिनिधि मण्डलमा उपाध्यक्ष कुमार पन्त, अर्का उपाध्यक्ष कुल आचार्य, सचिब डि.वी क्षेत्री, युकेका गैरआवासीय नेपाली सुरेन्द्र श्रेष्ठ र गैरआवासीय नेपाली संघ सचिवालयका कार्यकारी निर्देशक राजेश राणाको सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली संघ सचिवालय ।