गैरआवासीय नेपाली संघका अध्यक्ष र संचार तथा सूचना प्रविधि मन्त्री बीच भेट ।

NRNA • 21 Feb 2021
news-img

२१ फेब्रुअरी २०२१ ।

 गैरआवासीय नेपाली संघका अध्यक्षकुमार पन्तर संचार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता माननीय पार्वत गुरुङ्ग बीच समसामयिक बिषयहरुमा छलफल भयो । अध्यक्ष पन्तले संघका गतिविधिहरु बारेमा मन्त्रीज्यूलाई अवगत गराउंदै नेपाल सरकारले संघ प्रति देखाएको सदासयताको लागि आभार प्रकट गर्नु भयो ।सो अवसरमा मन्त्रीज्यूले संघले स्थापना गर्न लागेको N.R.N. Development Limited Fund  बारे जिज्ञाशा प्रकट गर्दै आईटि सेक्टरमा लगानी गर्न सुझाव दिनु भयो । उहांले नेपाल सरकारले भर्खरै प्रारम्भ गरेको नागरिक ऐप बारे जाकारी गराउंदै यसमा गैरआवासीय नेपालहरुलाई कसरी समायोजन गर्न सकिन्छ भन्ने तर्फ संघलाई बिचार गर्न अनुरोध गर्नुभयो ।

भेटको अवसरमा संघका उपाध्यक्ष डा. बद्री के.सी र सोनाम लामाकोषाध्यक्ष महेश कुमार श्रेष्ठ र संघका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

गैरआवासीय नेपाली संघ सचिवालय ।