गैरआवासीय नेपाली संघका अध्यक्ष र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत बीच भेट:

NRNA • 12 Feb 2021
news-img

गैरआवासीय नेपाली संघका अध्यक्षकुमार पन्तराष्ट्रिय पुर्ननिर्माणका प्राधिकरण प्रमुख कार्यकारी अधिकृतशुशिल ज्ञवालीर धार्चे गाउँपालिका अध्यक्षसन्त बहादुर गुरुङ्ग बीच लाप्राक नमूना बस्ति निर्माण सम्बन्धि बाँकी काम छिटो सम्पन्न गर्ने बिषयमा छलफल भयो ।

अध्यक्ष पन्तले लाप्राक नमूना बस्तिलाई कसरी एक उदाहरणीय एकिकृत बस्तिामा बिकास गर्न सकिन्छ भनि संघ संधै प्रयासरत रहेको औल्याउँदै हाल सम्म संघले गरेका र बाँकी कामको विवरण पेश गर्दै संघप्राधिकरण र गाउँपालिकाको सहकार्यमा छिटो काम सम्पन्न हुने बातावरण तयारपारी कामको बाँडफाँड गर्न सुझाव पेश गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले लाप्राक नमूना बस्तिको निर्माण कार्य कसरी छिटो भन्दा छिटो सम्पन्न गर्न सकिन्छ भनि प्राधिकरण संधै चिन्तित रहेको र यो संघको मात्र जिम्मेवारी नभई त्रिपक्षित जिम्मेवारी भएकोले सबै पक्षको सहकार्यमा काम छिटो सम्पन्न गर्न जिम्मेवारी बाँडफाँड गर्न उपयुक्त रहेको वताउनु भयो । उहाँले संघले गर्न पर्ने बाँकी शौचालयको काम छिटो सम्पन्न गर्न संघलाई अनुरोध गर्दै गाउँपालिकालाई लाभग्राहिहरुलाई निर्धारित समय भित्र शौचालयको काम सम्पन्न गर्न निर्देशन दिन समेत सुझाव दिनु भयो ।

गाउँपालिका अध्यक्षले काम समयैमा सम्पन्न गर्न डा कार्यालय माफर्त कटुवाल नै फुकेको बताउँदै छिटो काम सम्पन्न गर्न आफू र डा अध्यक्ष नै प्रत्यक्ष संलग्न हुने आश्वासन दिनु भयो । गाउँपालिका अध्यक्षले निर्माण कार्य द्रुत गतिमा अघि बढाउन काठको अभाव हुने देखिएकोले आवश्यक थप काठको लागि समन्वय गरिदिन प्राधिकरणलाई अनुरोध समेत गर्नु भयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतले प्रति लाभग्राहि रु. चार लाख पूर्वधार निर्माणको लागि उपलब्ध गराउने जिम्मा प्राधिकरणको भएको र यस कार्य अघि बढी अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले गाउँपालिकालाई आवश्यक काठको लागि प्राधिकरणमा पत्रचार गर्न अनुरोध गर्दै त्यसको लागि सिफारिस गर्न गैरआवासीय नेपाली संघलाई सुझाव दिनु भयो । लाभग्राहिहरुलाई जग्गाधनि पूर्जा समयमै हस्तान्तरण गर्ने जिम्मा प्राधिकरणको रहेको विश्वास दिलाउँदै पूर्वधारका अन्य कामहरुको जिम्मा समेत प्राधिकरणको भएकोले यसमा आश्वास्थ रहन सबैलाई अनुरोध गर्दै आगामी १२ बैशाख२०७८ मा अधिकारिक रुपमा बस्ति हस्तान्तरण गर्ने गरी काम अघि बढाउन सबैलाई आग्रह गर्नु भयो ।

सो भटेको अवसरमा प्राधिकरणका सम्बन्धित कर्मचारीहरुधार्चे गाउँपालिका बडा. ४ का अध्यक्ष सहित संघका उपाध्यक्ष द्वय डा. बद्री केसी र सोनाम लामाका साथै परियोजना सहसंयोजक श्याम तामाङ्ग तथा संघका कार्यकारी निर्देशकको सहभागीता रहेको थियो ।

 

गैरआवासीय नेपाली संघ सचिवालय ।

मिति: ११ फेब्रवरी२०२१ ।