गैरआवसीय नेपाली संघका पदाधिकारी तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिबीच भेटवार्ता

NRNA • 25 Oct 2019
news-img
गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डल संघीय संसदको   राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय शशी श्रेष्ठबीच भेटवार्ता भएको छ । आज (२०७६ कार्तिक ८ गते शुक्रबार) सिंहदरबारमा भएको भेटमा संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीको स्वागत गरिएको थियो । भेटका क्रममा विशेषगरी, गैरआवासीय नेपाली नागरिकताका विषयमा छलफल भएको थियो । सभापति श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि संविधानमा भएको व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्ने चरणमा रहेको र सो सम्बन्धि विद्येयक संसदमा हाल विचाराधिन रहेको स्मरण गराउनुभयो ।  विधेयकमा नागरिकता सम्बन्धि अन्य  केही विवादहरु  भएपनि गैरआवासीय नेपाली नागरिकता सम्बन्धि विषय भने विवाद नभएको उहाँको भनाई थियो । आउँदो हिउँदे अधिवेशनमा सो विद्येयक पारित हुनेमा उहाँले विश्वास दिलाउनुभयो । विद्येयक पारित भएलगत्तै कानून निर्माणको चरणमा प्रवेश गर्ने भएकाले त्यस सम्बन्धमा आफ्नो सल्लाह सुझाव उपलब्ध गराउन समेत उहाँले आग्रह गर्नुभयो ।
भेटका क्रममा गैरआवासीय नेपाली संघबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्षहरु डा. बद्री के. सी., मन के. सी. तथा सोनाम लामा,पुर्व सचिव डीबी. क्षेत्री र  प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडी लगायतको उपस्थिति थियो ।