क्यानाडमा गैरआवासीय नेपालि संघका अध्यक्ष भवन भट्ट संग अन्तरक्रियाः
NRNA •
23 Jun 2018
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानडाको आयोजनामा गैरआवासीय नेपालि संघका अध्यक्ष भवन भट्टसंग एक बृहत अन्तरक्रिया कार्यक्रम संपन्न भएको छ । क्यानडाको टोरोन्टोमा रहेको एभेरेस्ट बंकेट हलमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेले गर्नु भएको थियो । कार्यक्रममा एनआरएन कानुनि सल्लहाकार डा. नारायण घिमिरे, गैरआवासीय नेपाली संघ अमेरिकाज् क्षेत्रका क्षेत्रीय उपसंयोजक नविन शेरचन, नेपाली अवैतनिक बाणिज्य दुत कुञ्जनमणि शर्मा सहित प्रवासी नेपाली मंच क्यानाडा, नेवा: गुठि नेपाली जनसंपर्क समिति क्यानाडा नेपाल मगर संग लगायतका क्यानाडामा कार्यरत संस्थाहरुका प्रतिनिधिहरुले आआफ्नो भनाइ राख्नु भएको थियो । कार्यक्रममा रोटरी नेपालका तर्फबाट अन्तरास्ट्रिय सम्मेलनमा सहभागी जनाउन आउनु भएका रोटेरियनहरुको पनि सहभागीता थियो । रोटेरियनहरुको तर्फबाट संजय गिरिले पनि मन्तब्य राख्नु भएको थियो । त्यसैक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा लोक दोहोरी गायिका देबकी केसीले आफ्नो सांगीतिक प्रस्तुति समेत गर्नु भएको थियो ।
बिशेष गरि नेपालको समृद्धिमा गैरआवासीय नेपाली संघको भूमिका र नेपालको संविधानमा भएको गैरआवासीय नेपाली नागरिकताको व्यवस्थामा छलफल केन्द्रित रहेको थियो । अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट आफ्नो मन्तब्य राख्ने क्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपालको विकासमा एनआरएनए अहिले बलियो सहयोगीको रुपमा स्थापित भएको एनआरएनएसंग सहकार्य गर्न प्रधानमन्त्री केपी शर्मा ओली आफैले अगरसरता देखाउनु भएको परिणाम स्वरुप र हालैका विदेश भ्रमणहरुमा पनि प्रधानमन्त्रीले एनआरएनएको टिमलाई पनि भ्रमण टोलीमा सभागी गराउनु भएको कुरा ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा सभागी हरुको तर्फाबाट सोधिएका प्रशनको जवाफा दिदै अध्यक्ष भट्टले नेपालमा अब लगानीमात्र होइन प्रबिधि पनि भित्र्याउन सबै एनआरएनएले आआफ्नो ठाउबाट सहजकर्ताको भूमिका निभाउनु पर्नेमा जोड दिनु भएको थियो ।
टोरोन्टोमा बसोवास गर्ने नेपाली हरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा अन्तरक्रिया कार्यक्रमका संयोजक अभिमन्यु बस्नेतले स्वागत गर्नु भएको थियो भने त्यसै गरि अर्का आइसीसी सदस्य प्रमिला बस्नेतले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रम राष्ट्रिय समन्वय परिषद् क्यानडाका महासचिव चिरन्जीवी घिमिरेले संचालन गर्नु भएको थियो ।