एनसीसी इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना घिमिरे प्रथम

NRNA • 16 Dec 2024
news-img

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरेले उत्कृष्ट प्रस्तुति दिंदै प्रथम पुरस्कार जित्नुभएको छ । १४ डिसेम्बर २०२४ शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उहाँले रु २ लाख नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु १ लाख पुरस्कार प्राप्त गर्नुभएको छ । तेस्रो स्थान हासिल गर्दै रसियाबाट सहभागी समिरा केसीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कार नगद रु ३० हजार जित्नुभएको छ ।

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायक मण्डलमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, र पूर्व मिस नेपाल सुगरिका केसी रहनुभएको थियो ।

एनसीसी इजरायलका अध्यक्ष श्री कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीहरुलाई एउटै म१चमा ल्याउनुका साथै भविष्यमा अगाडी बढ्न थप हौसला प्रदान गरेको बताउँदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै कार्यक्रमले सहभागीहरुको वक्तृत्व क्षमता प्रदर्शन गर्न र नेपाली भाषा–संस्कृतिको प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेको संघका अध्यक्ष डा बद्री केसीले बताउनुभयो । उहाँले सम्पूर्ण विजेतालाई बधाई दिँदै दोस्रो पुस्ताका नेपालीहरुको उत्साहपूर्ण सहभागीता रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । एनसीसी इजरायलले आफ्नो १७ औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने २ जना अतिथी वक्ताहरु ओजस्वि आचार्य र पेन्सा रेग्मी उपस्थित थिए ।