एनसिसि रसीयाद्वारा लाप्राक नमूना वस्ति परियोजनालाई सहयोग प्रदानः

NRNA • 06 Mar 2019
news-img
राष्ट्रिय समन्वय परिषद् रसीयाले लाप्राक नमूना वस्ती अन्तर्गत ट्वाइलेटको निर्माणकालागि सहयोग स्वरुप रु १ लाख आज सचिवालयमा हस्तान्तरण गरेको छ । उक्त रकम एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतमले संघका अध्यक्ष भवन भट्टलाई हस्तान्तरण गर्नु भयो । यस कार्यको लागि संघका अध्यक्षले एनसिसि रसीयालाई धन्यवाद दिदैं अन्य एनसिसिहरुलाई प्रतिबद्धता गरी बाँकी भएको रकम जम्मा गरिदिइ सहयोग गर्नकोलागि अनुरोध गर्नु भएको छ । साथै उहाँले लाप्रक नमूना वस्तीको निर्माण कार्य अन्तिम चरणमा पुगेको पनि जानकारी गराउनु भयो । आजको यस कार्यक्रममा संघका अध्यक्ष लगायत महिला संयोजक रजनी प्रधान, एनसिसि रसीयाका अध्यक्ष रामेश्वर गौंतम, कोषाध्यक्ष गोविन्द प्रसाद आचार्य, संरक्षक खेम राज लामिछाने र सदस्य संज्ञान कार्कीको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघ ।