एनसिसि फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदानः
NRNA •
17 May 2018
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले हरेक नयाँ कार्यकाल (२ बर्ष)मा नेपालको शैक्षिक क्षेत्रमा एउटा पारोपकारी काम गर्दै आएको र यस नयाँ कार्यकालका लागि छनौट गरिएको परियोजनाको काम सम्पन्न भएको छ । भुकम्पबाट प्रभावित मेलम्ची नगरपालिका, कटुन्जे, सिन्धुपाल्चोकमा रहेको जनजागृती माध्यमिक विद्यालयमा १० कम्प्युटर, १ प्रीन्टर र १ प्रोजेक्टर सहितको कम्प्युटर ल्याब तथा ई– लाईब्रेरीको स्थापना गरि, एक कार्यक्रमकावीच विद्यालयलाई हस्तानान्तरण गरिएको छ ।
कम्प्युटर ल्यावका लागि आवश्यक फर्निचर विद्यालय स्वयंले ब्यवस्था गरेको थियो । गैरआवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष, वसन्त गौतम स्वयं उपस्थित भई कामको अनुगमन गर्नुभएको थियो । कम्प्युटर ल्याब तथा ई–लाईब्रेरी हस्तानान्तरण कार्यक्रममा कार्यक्रममा गैरआवासीय नेपाली संघबाट केन्द्रिय प्रतिनिधि र नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका प्रतिनिधिहरु पनि उपस्थित थिए । बिद्यालयका पूर्बबिद्यार्थीहरु र बिद्यालय ब्यबस्थापन समितीले आवस्यक तालिम र ल्याबको दीर्घकालीन ब्यवस्थापन गर्नेछन् ।
यस कार्य सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण ब्यक्ति तथा संघसंस्थाहरु, प्रस्ताव पेश गर्नुहुने सबिन कार्की र बिषेश गरि फिनल्याण्डका मनकारी नेपाली दाजुभाई दिदिबहिनीहरु प्रति एनसिसि फिन्ल्याण्ड हार्दिक कृतज्ञता ब्यक्त गर्दछ ।