एनआरएनए प्रतिनिधि र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबीच विशेष भेट
NRNA •
19 Jan 2022
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्त नेतृत्वको प्रतिनिधिमण्डलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसँग विशेष भेट गरेको छ । सोमबार धनगढीस्थित मुख्यमन्त्रीको कार्यालयमा भएको भेटमा सुदूरपश्चिम क्षेत्रमा लगानी र पर्यटनका सम्भावनाबारे छलफल भयो । मन्त्री भट्टले विश्वरभरका गैरआवासीय नेपालीलाई नेपालमा लगानी सुरक्षित रहेको भन्दै आश्वस्त पार्नुभएको थियो । भेटमा एनआरएनएका प्रतिनिधिहरुले पनि आफूहरु सो क्षेत्रको पूर्वाधारसहित स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा लगानी साझेदार बन्न इच्छुक रहेको बताउनुभएको थियो । संरक्षक जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी, महासचिव डा. हेम राज शर्मा, प्रवक्ता डिवी क्षेत्री, सल्लाहकार कुल आर्चाय, मानार्थ सदस्य धर्मराज अधिकारी र शनिकुमार ओली र सहभागी हुनुहुन्थ्यो ।