एनआरएनए प्रतिनिधिमण्डल र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बीच भेट

NRNA • 17 Jul 2022
news-img

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल अचार्य सहितको एक प्रतिनिधिमण्डलले नवनियुक्त संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय जीवनराम श्रेष्ठज्यूसँग भेटघाट गर्यो । संघका अध्यक्ष कुल आचार्य नेतृत्वमा उपाध्यक्ष महेश कुमार श्रेष्ठ,युरोप संयोजक चिन्तामणि सापकोटायुरोप युवा संयोजक रमेश काफ्ले सहितको टोलीले नवनियुक्त मन्त्री श्रेष्ठलाई  बधाई तथा शुभकामाना दिदै पशुपति क्षेत्रमा वृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराइदिन अनुरोध गरेका थिए 

संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा १०० कोठाको आधुनिक सुविधा सम्पन्न बृद्धाश्रम बनाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजीम संघले जग्गा उपलब्ध गराउन नेपाल सरकारसँग अनुरोध गरिरहेको संघका तर्फबाट कार्यकारी अध्यक्ष कुल आचार्यले जानकारी गराउनु भएको थियो ।

मन्त्री श्रेष्ठले पशुपति क्षेत्रमा बृद्धाश्रम बनाउने कार्य अत्यन्तै सराहनीय भएको बताउँदै बृद्धाश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

गैरआवासीय नेपाली संघ सचिवालय