एनआरएनए दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न

NRNA • 18 Dec 2024
news-img

एनआरएनए दोस्रो इलाम गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता मंसिर २९ गते शनिबार सम्पन्न भएको छ । उक्त प्रतियोगितामा साविक विजेता समेत रहेको न्युरोडटिम (एनआरटी) ले उपाधि हासिल गर्यो । विजेता बनेको एनआरटीले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता चर्च ब्वाईजले ५ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हासिल गर्‍यो ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी इलाम नगरपालिकाका नगर श्री प्रमुख केदार थापा तथा विशेष अतिथि गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले पुरस्कार प्रदान गर्नुभएको थियो । उक्त अवसरमा संघका अधिकृत कुनाल मिश्रको समेत उपस्थिति रहेको थियो । प्रतियोगिताको मुख्य प्रायोजन एनआरएनएले गर्दै आएको छ ।