एनआरएनए खेलकुद प्रतिष्ठान द्वारा खेलाडी सम्मान

NRNA • 05 Apr 2021
news-img

गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले  मिक्स मार्सल आर्ट खेलका राष्ट्रिय च्याम्पियन नेपाली खेलाडी रबिन्द्र ढाँट छेत्रीलाई सचिवालयमा एक कार्यकम गरी सम्मान गरेको छ । उहाँ  संघको खेलकुद प्रतिष्ठान सँग आवद्द भएर मुलुकको प्रतिनित्व गर्दै भारतको हरयाणामा गत २०२१ मार्च २७ तारिखका दिन आयोजना भएको प्रोफेसनल कम्ब्याट फाइट लिगमा प्रथम भई नेपालको झण्डा  फरफराउन  सफल हुनु भएको थियो । उहालाई आज एनआरएनए स्पोर्टस एकाडेमीले ट्रयाक सुट दिएर सम्मन गरेको छ । यस सम्मान कार्यक्रममा मध्यपूर्व क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ, खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरी, खेलकुद प्रतिष्ठानका पदाधिकारीहरु लगायत अन्तर्राष्ट्रिय राष्टिय प्रतियोगिताका विजेताहरुको सहभागीता रहेको थियो ।

 

गैर आवासिय नेपाली संघ,

खेलकुद प्रतिष्ठान ।