गैरआवासीय नेपाली सँघ राष्टिृय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको ९ औ साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन जुलाई ३ देखि सुरु भएको छ। एनसीसी अमेरिकाको ९ औँ साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको कार्यक्रमको उद्घाटनकै क्रममा सम्मेलन र वार्षिक साधारण सभाको सफलताको लागि नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीले पठाउनु भएको पत्र वाचन गरेर सुनाइएको थियो।
नेपालका परराष्ट्र मन्त्री परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले उद्घाटन गर्नु भए सँगै एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय ज्ञान सम्मेलन तथा वार्षिक साधारण सभा अगाडि बढिरहेको छ। अनलाईन मार्फत भईरहेको यस सम्मेलनका प्रमुख अतिथि परराष्ट्र मन्त्री ज्ञवालीले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा परराष्ट्र मन्त्री ज्ञवालीले कोरोनाका कारण बिश्व आक्रान्त भैरहेको यस्तो अवस्थामा पनि साधारण सभा तथा ज्ञान सम्मेलन गर्न लागेकोमा प्रसन्नता व्यक्त गर्दै अमेरिकामा सिकेका ज्ञान प्रबिधि र बिज्ञानलाई नेपाल सम्म पुर्याउन र नेपालको बिकासमा रुपान्तरण गर्न नेपाल सरकार सदैव तत्पर रहेको विचार व्यक्त गर्नुभयो। ज्ञानको खानि मानिने अमेरिकामा नेपालीले सिकेका जतिपनि ज्ञान बिज्ञानका जानकारिहरु छन त्यस्लाई नेपालले एउटा सम्पदाको रुपमा हेर्दै बिकासको अनन्य सहयोगीको रुपमा भित्र्याउन नेपाल सरकार आतुर छ। अहिलेको परिस्थितिलाई देखाउदै अहिलेको अवस्थामा देश आर्थिक मन्दितिर जान लागेको र धेरै बिदेशिएका नेपाली नागरिक नेपाल आएका कारण नेपालमा बेरोजगारको सँख्या बढ्दै जाने स्थिती आएकाले अव गैरआवासिय नेपाली संघले अब नेपालमा सकेसम्म धेरै लगानि गरेर मुलुकला२ सहयोग गर्नु पर्ने धारण राख्नु भयो।
सम्मेलनका बिशेष अतिथि गैरआवासीय नेपाली सँघका अध्यक्ष कुमार पन्तले यो संघको स्थापना नै गैरआवासीय नेपालीको समस्यालाई समाधान गर्न र नेपालको बिकास गर्नका लागि रहेको बताउनुभयो। अध्यक्ष पन्तले नेपालमा अहिले सम्म केहि लगानी गर्नसके पनि सिप र प्रबिधि अझै पुर्याउन नसकेको बताउनुभयो। गैरआवासीय नेपालीले सिकेका ज्ञान, सिप र प्रबिधिको सम्मेलनले नेपालमा ठुलो सहयोग पुर्याउनेमा आफु विस्वस्थ रहेको बताउनुभयो। गैरआवासीय नेपाली सँघले सामुहिक लगानी गर्ने कार्य सँचालनमा ल्याउदा ल्याउदै कोभिड १९ को कारण रोक्नु परेको र यस्लाई निरन्तरता दिने बताउनुभयो। कोरोना महामारिको यस अवस्थामा गैरआवासीय नेपाली सँघले २ करोड २० लाख बरावरको स्वास्थ्य सामाग्री राहतका रुपमा नेपाल पठाएको जानकारी गराउनुभयो। यस्तै अहिले राहतको लागि सहयोगको रकम गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले बिभिन्न देशमा पुर्याएको बताउदै उहाले अझै पनि सहयोगका कार्य जारि रहेको जानकारी दिनुभयो।
उद्घाटनमा अर्का बिशेष अतिथिको रुपमा बोल्दै अमेरिकाका लागि नेपाली राजदुत महामहिम डा. अर्जुन कार्कीले धेरै नेपाली युवा अमेरिकामा रहेको र उनिहरुले सिकेको सिप आर्जन गरेका ज्ञान नेपालमा लैजाने वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिनुभयो। उहाले यसरी आयोजना भएको ज्ञान सम्मेलनले यस्ता अवसर प्रदान गर्न सक्ने भन्दै ज्ञान बिज्ञान लाई वढावा दिन र नेपाल सरकार सँग समन्वय गरि यस्ता बिकासका काम अब गैरआवासीय नेपाली संघको माध्यमबाट नेपालमा लैजान युवालाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। उहाले यस्ता ज्ञान सम्मेलनले सबैमा सकारात्मक सोच भरिदियोस भन्ने शुभकामना दिनुभयो।
सभामा गैरआवासीय नेपाली संघका पदाधिकारीहरु, अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी, उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, आइसीसी सल्लाहकार हरिबोल भण्डारी, एनसीसी अमेरिकाका पूर्वअध्यक्षहरु समेत मन्तब्य राख्दै शुभकामना दिनुभएको थियो।
यस्तै नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्बपरराष्ट्र मन्त्री डाक्टर रामशरण महत, केन्द्रिय सदस्य डाक्टर शेखर कोइराला लातायत अमेरिकाका अन्य व्यक्तिहरुले पनि मन्तब्य र शुभकामना व्यक्त गर्नुभएको थियो। एनआरएनए एनसिसि अमेरिकाका अध्यक्ष सुनिल साहको अध्यक्षतामा भएको सभालाइ महासचिव पशुपति पाण्डेले संचलान गर्नुभएको थियो।
मिडिया एण्ड पब्लिकेशन कमिटी
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद युएसए ।