एनआरएनए अध्यक्ष डा. बद्री केसीसहित केन्द्रीय पदाधिकारीहरुको अष्ट्रेलिया भ्रमण

NRNA • 13 Sep 2024
news-img

आदरणीय,

 अन्तर्राष्ट्रिय समन्वय परिषद, क्षेत्रीय तथा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरू, सम्पूर्ण पंजीकृत सदस्यज्यूहरू, तथा अष्ट्रेलियाका सम्पूर्ण नेपाली समुदाय र पत्रकारज्यूहरू,

एनआरएनए अध्यक्ष डा. बद्री केसी (रूस) करिब १० दिनको लागि अष्ट्रेलिया भ्रमणमा आउँदै  हुनुहुन्छ। उहाँसँगै एनआरएनएका केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई (युके) र केन्द्रीय सचिव टिका गुरुङ (हङकङ) पनि यस भ्रमणमा सहभागी हुँदै हुनुहुन्छ।यहाँहरू सबैको सहभागिता, समर्थन र सहयोगको अपेक्षा सहित अनुरोध गरिएको छ।

भ्रमणको उद्देश्यः

डा. बद्री केसी एनआरएनए अष्ट्रेलियाको निम्तामा नेपाली मेला २०२४ मा सहभागी हुन अष्ट्रेलिया जान लाग्नुभएको हो, जुन गैरआवासीय नेपाली संघ, अष्ट्रेलिया तथा विभिन्न संघ-संस्थाहरूको सहकार्यमा पर्थमा आयोजना हुँदैछ। यो मेला नेपाली संस्कृति प्रवर्द्धन गर्न र अष्ट्रेलियामा रहेका नेपाली समुदायबीचको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आयोजना गरिएको छ।

प्रमुख कार्यक्रमहरू:

१. नेपाली मेला २०२४ (पर्थ)

  • मिति: सेप्टेम्बर १४, २०२४ (शनिबार)
  • स्थान: पर्थ

२. एनआरएनए समुदायसँग अन्तरक्रिया:

  • डा. केसी अष्ट्रेलियाका विभिन्न शहरहरू, जस्तै मेलबर्न, सिड्नी, र क्यानबेरामा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी भई गैरआवासीय नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्नुहुनेछ।

३. एनआरएन युवा सम्मेलन:

  • मिति: सेप्टेम्बर २१, २०२४
  • यस कार्यक्रममा डा. केसीले एडिलेटमा  एनआरएन युवा सदस्यहरूसँग संवाद गर्नुहुनेछ।

४. एनआरएनए अष्ट्रेलियाको वार्षिक साधारणसभा:

  • मिति: सेप्टेम्बर २२, २०२४
  • डा. केसीले एनआरएनए अष्ट्रेलियाको एडिलेटमा वार्षिक साधारण सभाको  उद्घाटन गर्नुहुनेछ।

भ्रमणमा सहभागी टोलीः

यस भ्रमणमा डा. बद्री केसीसँग निम्न अधिकारीहरू पनि सहभागी हुनुहुन्छः

  • केन्द्रीय उपाध्यक्ष रोजिना प्रधान राई (युके)
  • केन्द्रीय सचिव टिका गुरुङ (हङकङ)उहाँहरूले पनि अष्ट्रेलियाका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउँदै नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ।

सहकार्य र सहयोगः

नेपाली मेला २०२४ लाई वेष्टर्न अष्ट्रेलियाको बहुसांस्कृतिक मन्त्रालय र सिटी अफ पर्थले आर्थिक सहयोग गरेको छ भने मुख्य प्रायोजक अजी फाइनान्स एण्ड होम लोन रहेको छ। यसका साथै, वेष्टर्न अष्ट्रेलियाका नेपाली संघ-संस्थाहरू, क्लबहरू, र व्यवसायीहरूले मेलाको सफलताका लागि सक्रिय रूपमा काम गरिरहेका छन्।

एनआरएनए र अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई यो भ्रमणका कार्यक्रमहरूमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।

– सूचना, सञ्चार तथा प्रकाशन समिति

गैरआवासीय नेपाली संघ, केन्द्रीय सचिवालय