उपप्रधानमन्त्री एवं गृहमन्त्री संग भेटघाट

NRNA • 03 Apr 2023
news-img

संघका अध्यक्षद्वय डा बद्री केसी र कुल आचार्य अध्यक्षताको एक प्रतिनिधिमंडलले उपप्रधानमंत्री नारायणकाजी श्रेष्ठज्यू संग उहाँको निवास हात्तिवनमा भेट गरी उहाँलाई गृहमन्त्रीको पदभार सम्हाल्नु भएको बधाई तथा शुभकामना व्यक्त गर्यो ।गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्नमा भै रहेको ढिलाइ सम्बन्घमा संघका अध्यक्ष कुल आचार्य, डा बद्रि के सि, उपाध्यक्ष आर. के शर्मा र दुर्गा आचार्य, कोषाध्यक्ष लोक प्रसाद दहाल लगायतका पदाधिकारीहरुले संसारभरि रहेका गैरआवासीय नेपालीहरूको प्रमुख मुद्दा नागरिकताको बिषयलाई चाडै सम्बोधन गर्न आग्रह गरेका थिए ।

उहाँहरुले हाल बिध्यमान यस समस्याले सबैलाई चिन्तित तुल्याएको, नेपालबाट पूँजी पलायन भै रहेको र विदेशी लगानी भित्र्याउन पनि बाधा पुगी रहेको सम्बन्धमा ध्यानाकर्षण गर्दै नागरिकता विधेयकलाई फेरी संसदमा लगेर जति सक्दो छिटो पारित गराउन आग्रह गर्नु भयो ।

माननीय उपप्रधानमंत्री तथा गृह मंत्रीज्यूले नागरिकता विधेयकमा भएको ढिलाईका कारण देश भित्र पनि युवाहरुमा चरम निराशा उत्पन्न भएको बताउंदै नागरिकता विधेयकलाई छिटो भन्दा छिटो अगाडी अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो। साथै पुस्तौं पुस्ता नागरिकता प्राप्ति हुने व्यबस्थाको पनि प्रत्याभुति हुने व्यबस्था हुने जानकारि दिनु भयो । यस सम्बन्धमा ऐनको प्राबधानमा केहि समस्या भए हेर्ने समेत बताउनु भयो । साथै पदाधिकारीहरुले NRN Act को पुनराबलोकन गर्ने सम्बन्धमा उहाँ परराष्ट्र मन्त्री हुदा भएकको निर्देशनको समेत कार्यान्बयनको लागि ध्यानाकर्षण गराउनु भएको थियो ।

 

गैरआवासीय नेपाली संघ